default_image

7 years ago

May 6, 2018

थ्री स्टारलाई पराजित गर्दै पुलिस दमक गोल्डकपको सेमिफाइनलमा

56 views

0 Bookmark

 

अभिषेकको निर्णायक गोल 

दमक (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दमक गोल्डकपमा रुस्लान थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। घरेलु फुटबलमा पुनरागमन गरेयता नेपाली फुटबलको सबै भन्दा सफल क्लब थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ। 

NPC

फाइल तस्बिर

पुलिसको जितमा पूर्व नेपाल यू-१६ टोली का स्ट्राइकर अभिषेक रिजालले निर्णायक गोल गरे। उनले दोस्रो हाफमा हेडर मार्फत गरेको गोल खेलको निर्णायक गोल साबित भयो। खेलको ५७ औं मिनेटमा अन्मार्क रहेका अभिषेकले हेडर मार्फत थ्री स्टारका गोल किपर एलेन न्यौपानेलाई बिट गर्दै गोल गरेका थिए।

नेपाल राष्ट्रिय टोलीका गोल किपर किरण चेम्जोङ यस प्रतियिगितामा नेपाल पुलिस क्लबबाट खेल्दै छन्। उनले इलाममा सम्पन्न माई भ्याली गोल्डकपमा झापा ११ बाट खेलेका थिए।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.