6 years ago
May 6, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यान्चेस्टर युनाइटेडका पूर्व-प्रशिक्षक सर एलेक्स फर्गुसनको शनिबार ब्रेन हेमोर्हेजका कारण आकस्मिक शल्यक्रिया सम्पन्न भएको छ । युनाइटेडले प्रेस वक्तब्य जारी गर्दै उनको शल्यक्रिया सफल भएपनि खतराबाट मुक्त हुन केहि समय लाग्ने बताएको छ ।
स्कटल्यान्डका ७६ वर्षीय फर्गुसन युनाइटेडमा २६ वर्ष प्रशिक्षकको पदमा रहेका थिए । त्यसक्रममा उनले २८ उपाधि जिताए । सन् २०१३ को मे महिनामा प्रशिक्षक पद छाडेका फर्गुसन युनाइटेडमा हाल सल्लाहकारको भूमिकामा थिए । गत साता आर्सनल र म्यान्चेस्टर युनाइटेडको खेलमा पनि उनले मैदान पुगेर आर्सेन वेंगरलाई उपहार दिएका थिए ।
म्यानचेस्टरको साल्फोर्ड रोयल अस्पतालमा रहेका फर्गुसन ब्रिटिस फुटबलकै सर्वाधिक सफल प्रशिक्षक हुन् । उनले ओल्ड ट्राफर्ड क्लबको प्रशिक्षणको क्रममा १३ प्रिमियर लिग, २ च्याम्पियन्स लिग, ५ एफए कप र ४ लिग कप उपाधि जितेका थिए । सन् १९९९मा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग उपाधिसहित तेहेरो सफलता प्राप्त गरेपछि उनलाई बेलायतले नाइटहुड प्रदान गरेको थियो ।
सन् १९६६ मा क्याथीसँग वैवाहिक सम्बन्धमा बाँधिएका फर्गुसनका छोरा ड्यारेन फर्गुसन पनि प्रशिक्षक हुन् । लिग वन क्लब डोनकास्टर रोभर्सका प्रशिक्षक उनले शनिबार विगनविरुद्धको खेलमा उपस्थित भएनन् ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]