default_image

7 years ago

May 6, 2018

‘लिग तत्काल घोषणा गछौं’- एन्फा नवनिर्वाचित अध्यक्ष शेर्पा

68 views

0 Bookmark

ललिपुर (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष निर्वाचित भएलगत्तै फुटबल लिग सञ्चालन तत्काल घोषणा गर्ने बताएका छन् । आफुसहित आफ्नो प्यानलका ४ उपाध्यक्ष र ११ सदस्य निर्वाचित भएपछि शेर्पाले भने, ‘सोमबार हामी बैठक बसेर लिगका विषयमा निर्णय गर्नेछौं । हामी हिजो गरिएका प्रतिबन्द्धताका आधारमा काम गर्दै अघि बढ्नेछौं ।’

Karma Tshering

निर्वाचनलाई सामान्य प्रक्रिया भएको उल्लेख गर्दै शेर्पाले सबै पक्षलाई समेटेर अघि बढ्न आफु तयार रहेको बताए बताए । ‘निर्वाचन एउटा प्रक्रिया मात्रै हो । यसले हार जित मात्रै छुट्याउने हो ’ विजयी भएपछि शेर्पाले भने, ‘सबै फुटबलसँग सम्वन्धितहरु नै विभिन्न पदमा उम्मेदवार थिए । निर्वाचनमा पराजित भएकाहरुलाई पनि समेटेर अघि बढ्नेछौं ।’

शेर्पाले फुटबलमा काम गर्न धेरै बाँकी रहेको बताए । ‘एन्फामा काम गर्न धेरै बाँकी छ । सबैभन्दा पहिलो काम त पछिल्लो ३ वर्षमा हुन नसकेको ‘ए’ डिभिजन लिग नै हो । यो हामी तुरुन्तै घोषणा गर्नेछौं ’ शेर्पाले भने, ‘निर्वा्चित कमिटिको सोमबार पहिलो बैठक बस्दैछ । यही बैठकले धेरै कुराहरु निर्णय गर्नेछ । पहिलो काम लिग हो । त्यसपछि आर्थिक नियमावली, कर्मचारी नियमावलीलगायत खेलाडी दर्ता प्रक्रिया, नियम कानुनका कार्यहरु पनि अघि बढ्नेछ ।’

शेर्पाले आफुबाट खेलाडी र प्रशिक्षकको शिर झुक्ने काम कहिल्यै नहुने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रास रुट, खेलाडीको जीवन बीमा, खेलाडी प्रशिक्षकहरुको बाँच्ने आधारको कुरालाई बोलीमा मात्रा सीमित नगरी यसै वर्षबाट व्यवस्थित ढंगले अघि बढाइने बताए ।

विधान विपरित निर्वाचन भएको भन्दै अध्यक्षका अर्का प्रत्यासी मणी कुँवरले निर्वाचन वहिष्कार गरेका थिए । तर, निर्वाचनमा भने उनका पक्षमा १२ मत खसेको थियो । ७६ खेलेको मतमा शेर्पाले ६३ मत प्राप्त गरेका थिए । १ महिला सदस्य पहिले निर्वारोध भइसकेको थियो भने बाँकी १६ पदका लागि शनिबार निर्वाचन भएको थियो ।

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

Success

Thank you for your time.