default_image

6 years ago

May 6, 2018

एल क्लासिको रेकर्ड – मेस्सी भर्सेस रोनाल्डो

36 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – यस सिजनको अन्तिम एल कासिकोमा आज बार्सिलोनाको घरेलु मैदानमा रियल म्याड्रिड भिड्दैछ । स्पेनिस फुटबलको बहुप्रतिक्षित खेल एल क्लासिकोमा धेरैको नजर रियलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीमा हुनेछ । 

messi vs ronaldo

विश्व फुटबलका दुई स्टार रोनाल्डो र मेस्सीले फुटबलको धेरै जसो कीर्तिमान एकअर्काबीच राखेका छन् । यस युगकै उत्कृष्ट फुटबलरको रुपमा दुवै खेलाडी चिनिन्छन । आज राती नेपाली समयानुसार १२:३० मा सुरु हुने एलक्लासिकोमा ३३ वर्षीय पोर्चुगेली फरवार्ड रोनाल्डो र ३० वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सी आमने-सामने हुँदैछन्।

एल क्लासिकोमा दुई खेलाडीको आँकडा कस्तो छ ?

कसले जितेका छन् धेरै खेल ?

एल क्लासिकोमा अहिलेसम्म दुई खेलाडीको सहभागिता हेर्दा क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सीले धेरै खेल जितेका छन् । मेस्सीले ३९ एल क्लासिकोमा १७ मा जित र १२ मा हार बेहोरेका छन् । रोनाल्डोले भने २९ खेलमा ८ मा मात्र जित हासिल गरेका छन्, १४ खेलमा पराजय भोगेका छन् ।

कसले गरेको छ एल क्लासिकोमा धेरै गोल ?

दुई खेलाडीलाई हेर्ने हो भने एल क्लासिकोमा रोनाल्डोभन्दा मेस्सीले धेरै गोल गरेका छन् । रोनाल्डोले २९ खेलमा १७ गोल गरेका छन् भने मेस्सीले ३७ खेलमा २५ गोल गरेका छन् ।

कसको नाममा धेरै असिस्ट ?

एल क्लासिकोमा तथ्याङ्क हेर्ने हो भने मेस्सी रोनाल्डो भन्दा धेरै अगाडि छन् । रोनाल्डोले २९ खेलमा १ गोलमा मात्र सहयोग गरेका छन् भने मेस्सीले ३७ खेलमा १४ असिस्ट गरेका छन् ।

गोल डट कमको तथ्याङ्कमा आधारित 

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.