default_image

7 years ago

May 6, 2018

एल क्लासिको – के रियल बार्सिलोनालाई हराउने पहिलो टोली बन्ला ?

106 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – सिजनको अन्तिम एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल्दैछ। यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई छ। 

el classico

यस खेलको नतिजाले लिगमा सायदै कुनै फरक पार्ला। बार्सिलोनाले ला लिगाको उपाधि कब्जा गरिसकेको छ भने रियल म्याड्रिडले शिर्ष तीनमा स्थान लगभग पक्का बनाई सकेको छ। तर दुई टोलीबीचको लामो इतिहासका कारण दुवै टोलीले जितका लागि हरसम्भव प्रयास गर्ने पक्का छ।

बार्सिलोना ला लिगाको इतिहासमा पहिलो पटक कुनै पनि खेलमा अपराजित रहँदै लिग अन्त्य गर्ने प्रयासमा छ। तर यो लक्ष्यमा मुख्य बाधक रियल म्याड्रिड हुनेछ।

यस सिजनमा अघिल्लो ४ एलक्लासिकोमा दुवै टोलीको नाममा २ जित छन्। स्पेनिस सुपरकपका दुवै लेगमा रियलले बार्सिलोनालाई पराजित गरेको थियो भने प्रिसिजन खेलमा इन्टरन्यासनल च्याम्पियन्स कपमा रियललाई पराजित गरेको बार्सिलोनाले ला लिगाको अघिल्लो खेलमा रियलकै घरेलु मैदानमा जित हासिल गरेको थियो। रियल त्यसको बदला लिने प्रयासमा रहनेछ।

ला लिगा अन्तर्गत रियलले बार्सिलोनालाई पछिल्लो ३ खेलमा पराजित गरेको छैन। तर इतिहास हेर्नेहो भने २ सय ३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ।

बार्सिलोनाका लागि एन्द्रे इनियेस्टाको यो अन्तिम एल क्लासिको हुनेछ। सिजनको अन्त्यमा बार्सिलोनासँगको लामो सहकार्य अन्त्य गर्ने जानकारी दिएका इनियेस्टाले रियल विरुद्ध बार्सिलोनाको जर्सीमा अन्तिम पटक खेल्दै छन् । रियलका लागि भने ड्यानि कार्भाहलले यो खेल गुमाउने पक्का छ। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध चोट बोकेका उनी त्यसयता फिट भएका छैनन्।त्यस्तै इसको र राफेल भरान पनि खेल्न नसक्ने सम्भावना छ।

खेल नेपाली समयानुसार आज राती १२ :३० बजे सुरु हुनेछ। कसले जित्ला त सिजनको अन्तिम एल क्लासिको ? कमेन्ट गर्नुहोला।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.