default_image

7 years ago

May 5, 2018

शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्षमा निर्वाचित, शेर्पाको प्यानलनै विजयी

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको एन्फा निर्वाचनमा ७७ मध्ये शेर्पाले ६३ मत प्राप्त गर्दै शेर्पा विजयी भएका थिए । साधारण सभा वहिष्कार गरेका अर्का प्रत्यासी मणी कुँवरले १२ मत प्राप्त गरे । १ मत बदर भएको थियो । एन्फा निर्वाचनबाट ४ उपाध्ययक्षसहित ११ सदस्यमा पनि शेर्पाकै प्यानल विजयी भएको छ । महिला सदस्यमा पेमा लामा यसअघि नै पेमा लामा निर्विरोध निर्विचित भइसकेकी छिन् ।

तस्बिर: विवेक सुवेदी/ हाम्रो खेलकुद

Karma Tshering

ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार १६ औं एन्फा कंग्रेसले कर्मा छिरिङ शेर्पा दोस्रो पटकको प्रयासमा अध्यक्ष पदमा विजयी भएको हो । अध्यक्षका प्रत्यासी शेर्पाले चुनावमा भाग नलिएका मणि कुँवरलाई मतले पछि पारे । उपाध्यक्षमा शेर्पा प्यानलकै पंकज नेम्बाङ (६१), उपेन्द्रमान सिंह (५८), कृष्ण थापा (५२) र वीरबहादुर खड्का (३९) मतका साथ विजयी भएका छन् ।

उपाध्यक्षका अन्य उम्मेदवार विराटजंग शाहीले ३३, सुनिल शम्सेर राणाले २४, मोहम्मद समिउल्लाहले १५, गणेश चन्दले ५ मत प्राप्त गरेका थिए । निर्वाचन अघिनै उम्मेदवारी छाडेको घोषणा गरेका किशोर राईले मत प्राप्त गरेनन् । उपाध्यक्ष पदमा २ मत बदर भएको थियो ।

यस्तै सदस्य पदमा कर्मा छिरिङ शेर्पा प्यानलले क्लिन स्विप गरेको छ । सदस्यमा दावा लामा (५६), पूर्णमान चित्रकार (५५), दिनेश व्यन्जनकार (५५), दीर्घ बहादुर केसी (५५), विजय घले (५३), निरोज खड्गी (५२), किरण राई (५०), मधुसुदन उपाध्यय, प्रदेश सिंह राठौंर र रत्न कुमार श्रेष्ठले समान ४८ मत पाए । रविन्द्रमान श्रेष्ठ ४२ मत सहित विजयी भए ।

कुल ७७ भोटमध्ये ७६ मत खसेको थियो । जसमध्ये दुई मत बदर भएको थियो । ११ जना सदस्यको लागि २९ जनाको उम्मेदवारी परेको थियो । महिला सदस्यको रुपमा यसअघि नै पेमा लामा निर्विरोध निर्वाचित भैसेकी थिईन् ।

एन्फा निर्वाचनका लागि ४५ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ९ ‘बी’ डिभिजन क्लब, ४ ‘सी’ डिभिजन क्लब र एन्फा अन्र्तगतको ४ कमिटि गरी कुल ७७ मत रहेको थियो ।
शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्ष बन्न सफल भएका हुन् । पूर्व अध्यक्ष गणेश थापालाई फिफाले १० बर्षको प्रतिबन्ध लगाएसँगै गत वर्ष बाँकी अवधिका लागि अध्यक्ष र रिक्त रहेको उपाध्यक्षमा निर्वाचन भएको थियो । जसमा शेर्पा निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । गत वर्ष उपाध्यक्षमा निर्वाचित मणी कुँवरले यसपटक अध्यक्षमा उम्मेदवारी दिएपछि विधान विधान विपरित निर्वाचन हुन लागेको भन्दै साधारण सभा वहिष्कार गरेका थिए ।

ए डिभिजन क्लब हिर्मालन शेर्पा क्लबका अध्यक्ष समेत रहेका शेर्पा पूर्व अध्यक्ष थापाको नेतृत्वमा लामो समय एन्फा उपाध्यक्षमा रहेर काम गरेका थिए । २०७० मा थापा पुनः अध्यक्षमा निर्वाचित हुँदा शेर्पा उपाध्यक्ष निर्वाचित भएका थिए ।

केहि वर्षपछि शेर्पाले थापा र एन्फाका विरुद्धमा आन्दोलनका नेतृत्व गरेका थिए । त्यहि बीचमा भ्रष्टाचारको अभियोगमा थापालाई फिफाले प्रतिबन्ध लगाएको थियो । कांग्रेसका शेर्पा सुरुमा राजनीतिक पहुचका आधारमा फुटबलमा प्रवेश गरेपनि पछि उनले हिमालयन शेर्पा क्लब स्थापना गर्दै छनोटदेखि ए डिभिजनसम्म पुर्याएका थिए ।

Karma Panel

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.