7 years ago
May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनका लागि ७७ मध्ये ७६ मत खसेको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा कञ्चनपुरका प्रतिनिधिको मात्र मत खसेन ।
मताधिकार समेत प्राप्त कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले शुक्रबार आफुले निर्वाचन विधान विपरित रहेको भन्दै अदालतमा मुद्धा हालेका कारण निर्वाचनमा सहभागिता नजाउने बताएका थिए । त्यसैले उनी शनिबारको मतदानमा उपस्थित भएनन् ।निर्वाचनको मतगणना केही बेरमा हुने एन्फा निर्वाचन समितिले जनाएको छ ।
चार वर्षे कार्यकालका लागि एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पा र मणि कुवँर चुनावी मैदानमा थिए । तर, एन्फा निर्वाचन विधान विपरित रहेको भन्दै निर्वाचनमा भाग नलिने बताएका थिए । ४ उपाध्यक्ष पदका लागि ९ जना मैदानमा रहेका छन् ।
यस्तै ११ सदस्यको लागि २९ जना चुनावी मैदानमा छन् । एक महिला सदस्यको रुपमा पेमा लामा निर्विरोध निर्वाचित भैसकेकी छिन् ।त्यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साधारण सभाको उद्घाटन गरेका थिए ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]