7 years ago
May 3, 2018
दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ मोसफलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई ट्राइबेकरमा शुक्रबार ४–३ ले हराउँदै दमक अन्तिम आठमा पुगेको हो । आयोजकले अब शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा दमकले बाजी मारेको थियो । आयोजकले २७ औं मिनेटमा विकेश लिम्बुको गोलबाट अग्रता लिएको थियो । तर खेल सकिन ९ मिनेट बाँकी रहँदा रुपन्देहीका लागि नितिन थापाले बराबरी गोल गरेका थिए । \
दमकका विकास माझी म्यान अफ द म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । बुधबार उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकाडेमीले घरेलु टोली रमपम झापा ११ लाई ४–० ले हराएको थियो । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
दमक गोल्डकपमा शुक्रबार पहिलो क्वार्टरफाइनल
मदन भण्डारी स्पोर्टस्विरुद्ध एपिएफ
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]