7 years ago
May 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने भनेसँगै दुई दिन पछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने पक्का भएको छ । बैशाख २२ गते (शनिबार) का लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया विधान सम्मत नभएको उल्लेख गर्दै रोक्न अन्तरिम आदेशको मागसहित सरोकारवाला समूहले बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेको थियो ।
रमेशराज पोखरेलको एकल इजलासले शुक्रबार उच्च अदालत पाटनको आदेशले स्थगत भएको निर्वाचन अगाडि थालनी गरेको निर्वाचन प्रक्रिया अनुरुप पुनः मिति तोकी निर्वाचन गराउन निर्वाचन समितिले सक्ने देखिएको र उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशित भइसकेकोले अन्तरिम आदेश जारी गर्न परेन भन्ने निर्णय गरेको छ ।
सहित एन्फाका कोषाध्यक्ष एवं काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष बिराटजंग शाहीसहितले रिट दायर गरेका थिए । उनीहरूले राष्ट्रिय खेलकुद परिषद्, एन्फा,एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिट दायर गर्नेहरुमा एन्फा केन्द्रिय सदस्य एवंम् कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द, बाराका अध्यक्ष महम्मद समीउल्लाह, सिरहाका प्रवीणकुमार यादव, पर्साका मानदेव हजारा, ललितपुरका पुरुषोत्तम थापा, कैलालीका मोहित कुमार शाह र सातदोबाटो युथ क्लबका सदस्य अशोक विष्ट छन् । जिल्ला अदालतले राखेपसहित विपक्षीहरुलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश गरेको छ ।
यसअघि चैत १४ का लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो । मकवानपुर र भक्तपुरका तत्कालिन पदाधिकारीले आफुहरुलाई समावेश गरेर मात्र एन्फा निर्वाचन हुनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए । उच्च अदालतले बैशाख १२ गते आन्तरिम आदेश खारेज गरेपछि निर्वाचनको बाटो खुलेको थियो ।
सोही अनुसार निर्वाचन समितिले शनिबारका लागि निर्वाचन मिति तोकेको थियो भने एन्फाले सम्बन्धित सबैलाई पत्राचार गरेको थियो । एन्फा अध्यक्षका उम्मेदवार मणी कुँवरले बुधबार पत्रकार सम्मेलन गर्दै एन्फा निर्वाचन विधान समेत नभएको जीकिर गरेका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलसहित एन्फा निर्वाचनमा रहेका छन् ।
एन्फा अन्तर्गतका जिल्ला, क्लब र समितिका २ सय बढी प्रतिनिधिको सहभागिता रहने साधारण सभामा ७७ सँग पदाधिकार रहेको छ । ४५ जिल्लाका समान १, १४ ए डिभिजनका क्लबलका समान १, बी डिभिजनबाट ९, सी डिभिजनबाट ५ तथा विभिन्न चार समिति (खेलाडी, रेफ्री, प्रशिक्षक र महिला) का समान १ गरि ७७ जनाले एन्फा निर्वाचनमा मतदान गर्नेछन् ।
चार वर्षका लागि हुने निर्वाचनले १७ सदस्यमध्ये अध्यक्षसहित १६ जनाको चयन गर्ने गर्नेछ । जसमा १ अध्यक्ष, ४ उपाध्यक्षा ११ सदस्य छन् । एक महिलना सदस्य भने यसअघि नै निर्वारोध भइसकेकी छिन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]