default_image

7 years ago

May 3, 2018

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

100 views

0 Bookmark

रोमा (एजेन्सी) – रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो।

Liverpool final

यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ।

पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा अग्रता लियो। रोबर्टो फर्किनोको पासमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

घरेलु टोलीले १५ औं मिनेटमा जेम्स मिल्नरको आत्मघाती गोलमा बराबरी गर्यो। लिभरपुलका डिफेन्डर डेजान लोभ्रेनले क्लियर गर्ने क्रममा बल मिल्नरलाई लाग्दै गोल भएको थियो। लिभरपुललाई जोर्जिनियो वाईनाल्डमले क्लबका लागी पहिलो अवे गोल गर्दै पुनः अग्रता दिलाए। हेडरमा गोल गर्दै उनले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए।

घरेलु टोली रोमाले दोस्रो हाफमा पनि पोजेसन राख्दै गोल गर्ने थुप्रै प्रयास गर्यो। ५२ औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा पुर्याए। त्यस्तै ८७ औं मिनेट र अतिरिक्त समयमा नाइगोलानले पेनाल्टीमा गोल गर्दै रोमाको पुनरागमनको आशा जोगाएपनि त्यो पर्याप्त रहेन। राग्नर क्लाभानले डि बक्समा ह्यान्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.