7 years ago
May 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई दिनपछिका लागि तय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने नहुने अन्योलका बढेको छ । शनिबारका लागि लागि तोकिएको एन्फाको निर्वाचन रोक्नका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा रिट दायर भएपनि निर्वाचन हुने नहुने शंकाको घेरामा परेको हो ।
उच्च अदालत पाटनको आदेशमा यसअघिको निर्वाचन स्थगित भएपछि अब पुनः ६० दिनको नयाँ प्रक्रिया सुरु हुनु पर्ने माग गरिएको छ । एन्फाको विधान मिचेर चुनाव गर्न लागिएको भन्दै रोक्नका लागि निशेधाज्ञाको माग सहित एन्फाका कोषाध्यक्ष एवं काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष बिराटजंग शाहीसहितले रिट दायर गरेका हुन् । उनीहरुले राष्ट्रिय खेलकुद परिषद्, एन्फा,एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
रिट दायर गर्नेहरुमा एन्फा केन्द्रिय सदस्य एवंम् कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द, बाराका अध्यक्ष महम्मद समीउल्लाह, सिरहाका प्रवीणकुमार यादव, पर्साका मानदेव हजारा, ललितपुरका पुरुषोत्तम थापा, कैलालीका मोहित कुमार शाह र सातदोबाटो युथ क्लबका सदस्य अशोक विष्ट छन् ।
यसअघि चैत १४ का लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो । मकवानपुर र भक्तपुरका तत्कालिन पदाधिकारीले आफुहरुलाई समावेश गरेर मात्र एन्फा निर्वाचन हुनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए । उच्च अदालतले केहि दिनअघि आन्तरिम आदेश खारेज गरेपछि निर्वाचनको बाटो खुलेको थियो ।
यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका उमेदवार मणि कुँवरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २२ गतेलाई तय भएको निर्वाचन एन्फाको विधि र विधान विपरित रहेको भन्दै कुनै पनि हालतमा मान्य नहुने बताएको थियो । उनले मंगलबार नै आफुहरुले एन्फाको निर्वाचन रोक्न नखोजेको र एन्फाको विधि र विधान अनुरुप एन्फाको निर्वाचन नहुने हो भने २२ गते नै किन निर्वाचन हुने भनेर आक्रोश पोखेका थिए ।
अदालतमा मुद्दा परेपछि कार्यसमितिले पहिले गरेको निर्णय बे्रक भएको र विधानअनुसार फेरि कार्यकारी समितिले ६० दिने नोटिस जारी गर्नुपर्ने कुँवर पक्षको माग छ । एन्फा निर्वाचन रोक्न जारी भएको अन्तरिम आदेश बैशाख १३ गते उच्च अदालत पाटनले खारेज गरेको थियो । अन्तरिम आदेश खारेजीसँगै एन्फा केन्द्रीय समितिको निर्वाचन गर्ने विषयमा देखिएको अन्योल सामाधन हुनेतर्फ अग्रसर भएको थियो ।
भक्तपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष गौतम सुजुख र मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन उपाध्यक्ष मनिष श्रेष्ठले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नभएको भन्दै मुद्दा दर्ता गराएपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन उच्च अदालत पाटनले गत चैत ७ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि गत वर्ष चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो । एन्फा निर्वाचनको लागि दुई प्यानल चुनावी मैदानमा छन् ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]