7 years ago
May 2, 2018
दमक (हाम्रो खेलकुद) – रमपम झापा ११ दमक गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग ४-० ले पराजित हुँदै झापा पहिलो खेलबाट बाहिरिएको हो। प्रतियोगिताको उद्घाटन सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
खेलको सुरुआती मिनेटमा पेनाल्टी मार्फत अग्रता लिने अवसर झापाले गुमाएको थियो। कर्ण लिम्बुको पेनाल्टी क्रसबारमा लागेपछि झापाले अग्रता लिने अवसर गुमायो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई विदेशी खेलाडी मापवेलले १२ औं मिनेटमा अग्रता दिलाए। त्यस्तै पछिल्लो प्रतियोगिता संकटाबाट खेलेका थ्री स्टारक्लबका पूर्व विङ्गर प्रकाश बुढाथोकीले २४ औं मिनेटमा अग्रता दोब्बर गरे। ३८ औं मिनेटमा मापवेले पुनः गोल गर्दै पहिलो हाफमा मदन भण्डारी एकेडेमीलाई ३-० को सहज अग्रता दिलाए।
दोस्रो हाफमा अवालेले ५८ औं मिनेटमा गोल गर्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४-० जितको बाटो देखाए। विजयी टोलीका सौजन राई खेलको म्यान अफ दी म्याच घोषित भए ।
आज भएको खेलमा झापालाई हराउने क्रममा बिदेशी खेलाडी मापवेलले १२ र ३८ मिनेटमा गरि दुई गोल गरे भने नेपालि खेलाडी प्रकाश बुढाथोकीले २४ औं मिनेटमा गोल गरेका थिए त्यस्तै अर्को गोल भने दोस्रो हाफको ५८ औं मिनेटमा अबाले गरेका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]