7 years ago
May 2, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियल म्याड्रिड करीम बेन्जेमाले दुई गोलको मदतले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियगो बर्नाबाउमा मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।
टोली सम्हालिन नपाउँदै खेलमा रियलले पहिलो गोल खाएको थियो । तेस्रो मिनेटमा बायर्नका जोसुअा किमिचले पाहुना टोलीलाई अग्रता दिलाएपनि करीम बेन्जेमाले ११ अौं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा बेन्जेमाले रियललाई अग्रता दिलाए । गोलरक्षक स्वेन उलरीचले गम्भीर गल्ति गरेपछि बेन्जेमाले खाली पोस्टमा गोल गरेका थिए । बायर्नको लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले ६३ औं मिनेटमा बराबरी गोल गरे । अन्तिम २० मिनेट आक्रामक फुटबल खेलेको बायर्नले गोलरक्षक केलर नाभासलाई गोल गर्न सकेन । नाभासले लगातार उत्कृष्ट बचाउ गर्दै महत्वपूर्ण भूमिका खेले ।
भिडियो:
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]