7 years ago
May 2, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका मोहम्मद सालाहले फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) फुटबल अफ द एयर अवार्ड जितेका छन् । एफडब्लूए एएसोसिएसनका सदस्य पत्रकारको मतका आधारमा सालाहले अवार्ड जितेका हुन् ।
यो सिजन उच्च प्रदर्शन गरेका सालाहले ४३ गोल गरिसकेका छन् । गत महिना पिएफए प्लेयर अफ दी अवार्ड जितेका साहालले अफ्रिकन फुटबल अफ दी एयर र बिबिसी अफ्रिकन फुटबलर अफ दि एयर अवार्ड जितिसकेका छन् ।
साहालले २० भन्दा कम मतमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुनेलाई पछि पार्दै अवार्ड जितेका हुन् । शीर्ष दुई खेलाडी साहाल र ब्रुनेले मात्र ९० प्रतिशत मत प्राप्त गरेको अवार्डमा टोटेनह्यामका हेरि केन तेस्रो भएका थिए ।
‘सन् १९६८/६९ यताको यो सबैभन्दा बढी प्रतिस्पर्धा हो । त्यति बेला सिटी टोनी बुक र ड्रेब डाभे माकेबीच तीब्र प्रतिस्पर्धा भएको थियो,’ एफडब्यूएका अध्यक्ष प्याट्रिक बार्कलेले भने, ‘ब्रुने बलियो दाबेदार थिए । तर सालाहले रोमाविरुद्ध दुई स्तरिय गोल गरे । जसले गर्दा थोरै मतले विजयी भए ।’
January 19, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकामा थप मजबुत भएको छ। इन्ज्युरी समयमा २ गोल गर्दै लिभरपुलले शनिवार ब्रेन्टफोर्डलाई २-० ले हरायो। अर्को खेलमा २-० को अग्रता जोगाउन नसकेपछि आर्सनलले एस्टन भिल्लासँग २-२ को बराबरी खेलेको छ। ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि दुवैको डार्विन नुनेजले गरे। उनले इन्ज्युरी समयको पहिलो र तेस्रो मिनेटमा गोल […]
January 19, 2025
एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोन नजिकको गेटाफेसँग बराबरीमा रोकिएको छ । बार्सिलोना शनिवार गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि काउन्डेले गोल गरे । गरटाफेका मौरो अराम्बारीले गोल गरे । खेलमा अग्रता बार्सिलोनाले लियो । नवौं मिनेटमा काउन्डेले गोल गरे। ३४औं मिनेटमा गेटाफेका अराम्बारीले गोल […]
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]