7 years ago
May 2, 2018
रुस (एजेन्सी) – फुटबलमा रेफ्रीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमाथि संसारका फुटबलप्रेमीले चासो राख्ने विश्व कपमा रेफ्रीको भूमिका झनै बढी महत्वपूर्ण हुन्छ । यस्तोमा विश्व कप जस्तो फुटबलको कुम्भ मेला सञ्चालन गर्ने रेफ्री पक्कै दबाबमा रहन्छन् ।
दबाबका बीच पनि सहि निर्णय दिनु रेफ्रीको दायित्व भित्र पर्दछ । रेफ्रीको गलत निर्णयले जित्ने टोली हार्ने र हार्ने टोली जित्ने पनि हुन सक्दछ । फुटबलमा बढी अपजस खेप्नु पर्ने रेफ्रीहरु आफ्नै भूमिकाका कारण बेला बेला विवादमा पनि पर्ने गरेका छन् । त्यसअर्थ रेफ्रीहरुको काम सहज छैन ।
यस्तो महत्वपूर्ण काम सम्हाल्ने रेफ्रीले पारिश्रमिकका रुपमा विश्व कपमा कति पाउलान भन्ने कतिपयलाई चासो हुनसक्दछ ।ब्राजिलियन सञ्चारमाध्यम यूओएल इस्पोर्टेले सार्वजनिक गरेको तथ्याङक अनुसार रेफ्रीहरुलाई विभिन्न श्रेणीमा विभाजित गरिएको छ । अनुभव र प्रदर्शनका आधारमा रेफ्रीहरुको श्रेणी विभाजन गरिएको हुन्छ ।
जर्मनीका फेलिक्स ब्रिञ्च, अर्जेन्टिनाका नेस्टर पिटाना जस्ता शीर्ष श्रेणीका रेफ्रीहरुले विश्व कपमा ५७ हजार युरो सम्म पाउनेछन् । त्यसबाहेक उनीहरुले प्रति खेल २ हजार ५ सय युरो भत्ता प्राप्त गर्नेछन् । सहायक रेफ्रीहरुले २० हजार युरो र प्रति खेल १ हजार ६ सय युरो भत्ता पाउँछन् ।
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]