default_image

6 years ago

May 1, 2018

अध्ययन भन्छ, स्पेनले विश्व कप जित्नेछ

40 views

0 Bookmark

रुस (एजेन्सी) – सिआईइएस फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार स्पेनले रुस २०१८ विश्व कप जित्ने प्रवल सम्भावना छ, स्पेनिस मिडिया मार्साले जनाएको छ। 

spain world cup

सन् २०१० को विजेता स्पेलाई यस पटक बलियो दाबेदारको रुपमा हेरिएको छ। यसअघि २०१० विश्व कपमा फाइनलमा डचलाई १-० ले पराजित गर्दै स्पेनले फाइनल जितेको थियो। नेदरल्याण्डस भने यस विश्व कपमा छनोट हुन सकेन।

क्लबसँग कुन खेलाडीले कति खेल समय पाएको र खेलाडी कस्तो स्तरको लिगमा खेल्दैछ, इत्यादी तथ्याङ्कको आधारमा तयार पारेको रिपोर्टले स्पेनलाई बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको हो।

सिआईइएसको तथ्याङ्क अनुसार १ देखि १ सयकोबीचमा दिइएको रेटिङ्गमा स्पेनले १ सय अंक प्राप्त गरेको छ। त्यस्तै दोस्रो सम्भावना ब्राजिलको रहेको छ। ब्राजिलले ८९ अंक तथा फ्रान्सले ८४ अंक प्राप्त गरेको छ। त्यसपछि जर्मनीको ८२ र पाँचौ स्थानमा इङ्ल्याण्डको ७२ अंक छ। त्यस्तै मेस्सीको अर्जेन्टिना भने बेल्जियम पछि सातौँ स्थानमा छ।अर्जेन्टिनालाई सिआईइएसले ६९ अंक दिएको छ।

सोही रेटिङ्ग अनुसार विश्व कप जित्ने कम मौका भने पानामाको छ। पानामाको १२ अंक छ भने साउदी अरबियाको २१ र इरानको २३ अंक छ। पानामाको लिग कमजोर भएको कारण थोरै अंक प्राप्त गरेको अध्ययनमा लेखिएको छ।

rating

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.