default_image

6 years ago

May 1, 2018

स्पर्सको जितमा केन र अलिको गोल

32 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटेनह्याम हटस्परले वाट्फर्डलाई २-० ले हराएको छ। स्पर्सको जितमा ह्यारी केन र डेले अलिले गोल गरे। 

spurs

टोटेनह्यामले १८ औं मिनेटमा अलिको गोलसँगै अग्रता लिएको थियो। भ्रमणकारी टोलीका गोलकिपर ओरिस्टिस कार्नेजिसको कमजोरीको फाइदा उठाउँदै अलिले क्रिस्टियन एरिक्सनको पासमा करिब १२ यार्डबाट गोल गरेका थिए।

दोस्रो हाफको सुरुआतमा केनले गोल दिलाउँदै स्पर्सको अग्रता बलियो बनाए। स्पर्सका किपर ह्युगो लोरिसले एन्ड्रे ग्रे र रिचार्लिसनको प्रहार रोक्दै स्पर्सलाई क्लिन सिट सहितको जित दिलाए।

जितसँगै स्पर्स चौथो स्थानमा यथावत छ। तेस्रो स्थानको लिभरपुल भन्दा १ खेल कम खेलेको स्पर्सको १ अंक कम छ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.