7 years ago
April 30, 2018
दिपक न्यौपाने
बुटवल – प्रथम सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता सबै तयारी पुरा भएको छ । सैनामैना नगरपालिका संरक्षण तथा जनप्रिय स्पोर्ट्स क्लबको आयोजना हुने प्रतियोगितामा रुपन्देही र आसापासका जिल्लाका गरिर १२ क्लबको सहभागिता रहने आयोजक क्लबले जानकारी दिएको छ ।
सैनामैनाको वडा नं ७ देवापारस्थित सरस्वती माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष किशोर रानाले बताए । छन् ।
बैशाख २९ गतेसम्म चल्ने प्रतियोगितामा सुनौलो संगम युवा क्लब बुटवल,फर्साटिकर एफ.सी फर्साटिकर, डिवाइसी कोटीमाइ, झरना स्पोर्टस क्लब कुन्जलापुर, सैनामैना ११, कपिलबस्तु युनाइटेड कपिलबस्तुले प्रतिस्पर्धा गर्नेछन् ।
योङ स्टार कावासोती, भैरव एफ.सी नवलपरासी, सुनौलो शान्ति युवा क्लब, विश्वशान्ति युवा क्लब, देशभक्त युवा क्लब नवलपरासी , एभेरष्ट युवा क्लब चितवनको पनि प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गर्ने क्लबका सचिव रोमनाथ न्यौपानेले जानकारी दिए ।
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]
February 11, 2025
सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]