7 years ago
April 30, 2018
इलाम (हाम्रो खेलकुद) – माईंभ्याली गोल्डकपको उपविजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबका कप्तान विराज महर्जन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए ।
इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी चिरपरिचित प्रतिद्धन्द्धी रुस्लान थ्री स्टारसँग अतिरिक्त समयमा १–० ले पराजित भएको हो। उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ हजार प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको मनाङले ४ लाख रुपैया प्राप्त गर्यो ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी विराजले एक थान स्कुटी प्राप्त गरे । विराजबाहेक थ्री स्टारका खेलाडीहरु सम्पूर्ण विधामा उत्कृष्ट भए।
माईंभ्याली गोल्डकपका उत्कृष्टहरु
सर्वोकृष्ट खेलाडीः विराज महर्जन (मनाङ) एक थान स्कुटी
उत्कृष्ट गोलरक्षकः एलेन न्यौपाने (थ्री स्टार)
उत्कृष्ट डिफेन्डरः पिटर सेगुन (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डरः सुनिल बल (थ्री स्टार)
उत्कृष्ट फरवार्डः अजायी मार्टिन्स (थ्री स्टार)
उत्कृष्ट प्रशिक्षकः मेघराज केसी (थ्री स्टार)
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]