7 years ago
April 30, 2018
इलाम(हाम्रो खेलकुद)- अघिल्लो सिजनको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लबले बर्षको पहिलो उपाधिको रुपमा माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
इलामको ठुलो टुडिखेल मैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा चिरपरिचित प्रतिद्धन्द्धी लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै थ्री स्टारले सिजनको पहिलो उपाधि जितेको हो ।
थ्री स्टारलाई सिजनको पहिलो उपाधि दिलाउन सुनिल बलले निर्णायक गोल गरे । निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सुनिल बलले गोल गरेपछि थ्री स्टारले खेलमा अग्रता बनाएको थियो । अन्तत सुनिलको गोल नै थ्री स्टारलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो ।
यससँगै थ्री स्टारले मनाङमाथिको पछिल्लो सबै ६ भेटमा पराजित गर्न सफल बन्यो । त्यसमध्ये फाइनलमा पराजित गरेको यो तेस्रो पटक हो । थ्री स्टारले चैतमा बुटवलमा भएको मदन भण्डारी गोल्डकपमा र त्यसअघि इटहरी गोल्डकपको फाइनलमा मनाङलाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।
थ्री स्टारले मनाङलाई मदन भण्डारी इटहरी गोल्ड कप र बुटबलको मदन भण्डारी गोल्ड कप दुवैको फाइनलमा हराएको थियो । विराट गोल्ड कपको क्वार्टरफाइनल, तिलोत्तमा गोल्डकप र चितवनको विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि थ्री स्टारले मनाङलाई पराजित गरेको थियो ।
उपाधिसँगै थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ हजार प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको मनाङले ४ लाख रुपैया प्राप्त गर्यो । मनाङका कप्तान विराज महर्जन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुदै एक थान स्कुटी प्राप्त गरे । बैशाख ८ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १२ वटा टीमले सहभागिता जनाएका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]