default_image

6 years ago

April 30, 2018

लिग उपाधि जित्दा बार्सिलोनाको खेलाडीको नाम छुट्यो

39 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको ह्याट्रिकसँगै डेपोर्टीभोलाई हराएको बार्सिलोनाले आइतबर सिजनको ला लिगा उपाधि पक्का गर्यो । क्याटलान क्लबको २५ औं लिग उपाधि पक्का भएसँगै क्लबले उपाधि जितमा संलग्न खेलाडीको नाम समेटेर टि-सर्ट तयार पारेको थियो ।

खेल सकिएलगत्तै बार्सिलोनाको लिग उपाधि पक्का भएपछि सबै खेलाडीले उक्त टि-सर्ट लगाएर जितको खुसी मनाएका थिए । क्लबका खेलाडीले सामाजिक संजालमा तस्बिर राख्दै समर्थकमाझ लिग उपाधिको उत्साह साटासाट पनि गरे । तर लिगमा खेलेका केहि खेलाडीको नाम भने बार्सिलोनाले टि-सर्ट राख्न भुलेको छ ।

सिजनको पहिलो हाफ बार्सिलोनामा बिताएका विंगर जेरार्ड डेउलोफेउले आफ्नो नाम उक्त टि-सर्टमा नभएकोमा निराशा व्यक्त गरेका छन् । फिलिपे कोउटिन्होको आगमनपछि क्लबले उनलाई वाटफर्ड लोनमा पठाएको थियो । त्यसअघि उनले बार्सिलोनाका लागि लिगमा १० खेल खेलेका थिए । यद्यपि उक्त टि-सर्टमा बार्सिलोनाको लागि कुनै खेल नखेली इन्टर मिलान पुगेका राफिन्हाको नाम भने समावेश छ ।

नाम समावेश नगरेकोमा डेउलोफेउले ट्वीटरमा लेख्दै भनेका छन् , ‘लिगको उपाधि विजेता । के मेरो पनि उपाधि हैन?’ । उनले उक्त ट्वीटमा बार्सिलोनालाई पनि ट्याग गरेका छन् । टि-सर्टमा डेउलोफेउसँगै जाभिएर मासेरानो र आर्डा टुरानको नाम पनि लेखिएको छैन । दुवै खेलाडी विगतका सिजनमा मुख्य हतियार थिए भने पहिलो हाफमा केहि खेलमा समावेश भएका थिए ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.