7 years ago
April 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कलाकार एवंम् निर्माता भूवन केसीले फुटबलको विषयलाई लिएर निर्माण गर्न लागिएको नेपाली चलचित्र ‘क्याप्टेन’ को सुटिङ इलाममा जारी चौथो माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलअघि हुने भएको छ । त्यसका लागि कलाकार अनमोल केसीसहितको टोली इलाम पुगिसकेको छ ।
माइभ्यालीको फाइनलमा सोमबार रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ । क्याप्टेनको सुटिङ भने फाइनल अघि नै हुने गरि आयोजक माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘भुवनदाई सहितको टोली हिजो राती नै आइसक्नु भएको छ । भोली फाइनलअघि २/३ घन्टा सुटिङका लागि हामीले समय दिएका छौं,’ उनले भने,‘ इलाम र फुटबलकै प्रमोसन हुने भएकाले हामीले उहाँको प्रस्तावलाई सहर्ष स्वीकार गरेका हौं ।’ फिल्ममा स्थानिय फुटबल खेलाडीकै टोली तयार पार्ने अध्यक्ष चेम्जोङले बताए । ‘हामीले टोली जुटाइदिन भन्नुभएको छ,’ उनले भने,‘हामीले त्यहि अनुसारको व्यवस्था मिलाएका छौं ।’
केसीले फुटबल खेलाडी संघर्ष र उसको परिवारको कथा बस्तुलाई लिएर क्याप्टेन चलचित्र बनाउन लागेको बताइएको छ । चलचित्रको विषयमा केसीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्कासँग पनि सहकार्य गरिरहेका छन् । चलचित्रकै लागि खड्काले शुक्रबार अनमोललाई फुटबलको अभ्यास गराएका थिए ।
खड्काले अनमोलमा कामप्रतिको लगाव पाएको अनुभव गरे । ‘आफ्नो काममा एकदमै लगाव देखे । छिटो पनि सिक्ने रहेछन्,’ उनले भने,‘ उनको काममा व्यावसायिकता देखिन्छ । सायद त्यसैले पनि उनी यो क्षेत्रमा चाँडै सफल पनि भए । ’ फिल्म युनिटले आफुलाई पनि इलाम जान अनुरोध गरेपनि व्यक्तिगत कारणले जान नसकेको हरिले सुनाए ।
‘हामी अधिकांश फुटबल खेलाडीको वास्तविक कथासँग मेल खाने खालको फिल्म भएकोले राम्रो बनोस् भन्ने कामना गर्दछु,’ उनले थपे,‘व्यावसायिक रुपमा पनि सँगै काम गर्ने भन्ने छलफल भएको छ । तर, कुनै निर्णय भएको छैन । ’ चलचित्रकै लागि कलाकार सरोज खनालले पनि फुटबल अभ्यास सुरु गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच बुधबार भएको मैत्रीपूर्ण खेलमा खनाल पनि एन्फा टोलीबाट खेलेका थिए । केसीले बनाउने अधिकांश फिल्म सफल भएको चर्चा गर्दै खनालले हाम्रो खेलकुदसँग भनेका थिए,‘ उहाँका फिल्मको कथाबस्तु पनि त्यत्तिकै राम्रो हुन्छ । फुटबल खेलाडीको संघर्षको कथा भएकोले यो फिल्म पनि राम्रै बन्ने विश्वास छ ।’
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]