7 years ago
April 28, 2018
इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब वर्षको पहिलो प्रतियोगिताको रुपमा रहेको इलाममा जारी चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुर्याउन विमल घर्तीमगरको भूमिका महत्वपूर्ण रह्यो ।
थ्री स्टारले शनिबार एपिएफलाई २–० ले हराउँदा दुव गोलमा विमलको भूमिका रहेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका विमलले अन्तिम मिनेटमा मार्टिन्सको गोलमा पास मिलाइदिएका थिए ।
राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका विमल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । यसअघि क्वार्टरफाइनलमा थ्री स्टारले नेपाल पुलिस क्लबविरुद्ध टाइब्रेकरमा ४–३ ले हराएको थियो । निर्धारित समय १–१ बराबरीमा टुंगिएको खेलका टाइब्रेकरमा विमलले पनि गोल लगेका थिए ।
गत वर्ष विमल थ्री स्टारमा आबद्ध भएपनि पछि उनी आइ लिग टोली मोहन बगानमा पुगेका थिए । यद्दपी त्यहाँ उनले खासै मौका पाएनन् । सिजनको अन्त्यसँगै स्वदेश फर्केपछि विमल पुनः थ्री स्टारबाट खेल्न थालेका हुन् ।
माइभ्यालीमा थ्री स्टारले घरेलु फुटबलको अर्को चर्चित टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]