7 years ago
April 28, 2018
इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब चौथौ माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले अन्तिम दुईको यात्रा तय गरेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा विमलले गोल गरेका हुन् ।
विमलकै पासमा मार्टिन्सले खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गरेका थिए । विमल खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । थ्री स्टारले सोमबार हुने फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।
गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मनाङ फाइनल पुगेको थियो । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष आर्मीले सबैभन्दा बढी ७ र थ्री स्टारले ५ वटा मोफसलको नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]