default_image

6 years ago

April 28, 2018

इनियेस्टाको बिदाईमा मेस्सी र स्वारेज अनुपस्थित

49 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँग २० वर्षभन्दा धेरै बिताएका मिडफिल्डर आन्द्रे इनियेस्टाले शुक्रबार सिजनको अन्त्यपछि क्लब छाड्ने आधिकारिक निर्णय सार्वजनिक गरे। 

messi suarez

स्पेनका ३३ वर्षे मिडफिल्डरले बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य सार्वजनिक गर्न आयोजना गरेको समारोहमा इनियेस्टाको परिवार, क्लबका स्टाफ र बार्सिलोनाको पहिलो रोजाइका सम्पूर्ण खेलाडीहरुको उपस्थित थिए। तर स्ट्राइकरद्वय लुइस स्वारेज र लियोनल मेस्सी भने उक्त समारोहमा देखा परेनन्।

इनियेस्टाको करियरको भावनात्मक क्षणमा स्वारेज र मेस्सी नहुनु आश्चर्यजनक रह्यो। तर व्यक्तिगत व्यस्तताको कारण स्वारेज र मेस्सी अनुपस्थिति रहेको क्लबले जानकारी दियो। इनियेस्टाको उक्त कार्यक्रम छोटो समयमा तय भएकाले समय जुधेको क्लबले बतायो। तीन घण्टाको छोटो सूचनामा कार्यक्रम तय भएको क्लबले जनाएको थियो।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.