7 years ago
April 28, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा चोट बोकेका इस्कोले रियलको घरेलु मैदानमा हुने दोस्रो लेग गुमाउन सक्ने सम्भावना छ।
बायर्न म्युनिखको घरेलु मैदान ‘अालियान्ज स्टेडियम’ मा रियलले २-१ को अग्रता लिँदा इस्को पहिलो हाफपछि बाहिरिएका थिए। त्यस खेलमा उनको काँधमा चोट लागेको थियो । खेलपछि पत्रकारहरुलाई उनले चोट लागेको पक्का गरेका थिए ।
उनको स्थानमा मैदान प्रवेश गरेका मार्को एसेन्सियोले पहिलो लेगमा विजयी गोल गरेका थिए । पहिलो लेगमा २-१ को जित दर्ता गरेको म्याड्रिडले दोस्रो लेग घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेल्दै छ । खेल बराबरीमा टुङ्गिए पनि म्याड्रिड लगातार तेस्रो उपाधिका लागि फाइनलमा पुग्नेछ ।
स्पेनिस मिडफिल्डर इस्को दोस्रो लेग खेल्न सक्ने वा नसक्ने खेलअघिको परिक्षण पछि पत्ता लाग्ने भएपनि उनको चोटको प्रकृति हेर्दा मंगलबार हुने दोस्रो लेगसम्म इस्को पूर्ण रुपमा ठिक नहुने अड्कल लगाइएको छ । रियलले राइट ब्याक ड्यानी कार्भाजललाई पनि ह्यामस्ट्रिङ्गका कारण दोस्रो लेगमा गुमाउने पक्का भएको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]