default_image

7 years ago

April 27, 2018

एन्फाले अर्को साता नयाँ नेतृत्व पाउने !

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–कुनै प्रतिकुल अवस्था सृजना नभएमा अर्को साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । एन्फाले मातहतका सदस्य संस्थालाई अर्को साता साधारण सभा बस्ने र त्यसले नयाँ कार्यसमितिको निर्वाचन गर्ने जानकारी सहितको पत्र पठाएकोसँगै निर्वाचन हुने सम्भावना देखिएको छ ।

एन्फा अध्यक्षका उम्मेदवार मणी कुँवर र कर्मा छिरिङ शेर्पा (दायाँ) ।

यद्दपी यसअघि पनि अन्तिम समयमा पुगेर एन्फा साधारण सभा स्थगित भएको थियो । एन्फाले यसपटक तय गरेको साधारण सभा बैशाख २२ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा हुने बताइएको छ ।

‘सम्बन्धित जिल्ला, क्लब र अन्य सदस्य सबैलाई अर्को साता साधारण सभाको लिखित जानकारी बिहीबार नै पठाइसकेका छौं,’ एन्फाको सहायक महासचिव सञ्जिव मिश्रले भने,‘ अब निर्वाचन नहुनु पर्ने कुनै कारण छैन । सबै प्रक्रियागत काम अघि बढिसकेको छ । ’

यसअघि चैत १४ गतेका लागि तय निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशपछि स्थागित भएको थियो । विवादित भक्तपुर र मकवानपुरका जिल्ला संघका प्रनिनिधिले आफुहरुको समेत सहभागिता निश्चित गराउन माग गर्दै रिट दायर गरेपछि उच्च अदालतले निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएको थियो ।

केन्द्रिय निर्वाचन स्थगित भएपनि त्यहिबीचमा मकवानपुर र भक्तपुर जिल्लाको निर्वाचन सम्पन्न भएको थियो । ती दुई निर्वाचन पछि एन्फाले रिट खारेजका लागि उच्च अदालतमा निवेदन समेत दिएको थियो । उच्च अदालतले निर्वाचन स्थगनको आफ्नो अन्तरिम आदेशलाई बुधबार खारेज गरेसँगै एन्फा निर्वाचनको बाटो खुलेको हो ।

यद्दपी एन्फा निर्वाचन समितिले भने अदालतको निर्णय आउनुअघि नै बैशाख २२ गते निर्वाचन गर्न सकिने विज्ञप्तीमार्फत जानकारी गराएको थियो । एन्फाले निर्वाचन समितिको अनुरोधमा जिल्ला संघ, ए, बी , सी डिभिजन क्लब, एन्फाका ४ समिति (खेलाडी, महिला, प्रशिक्षक र रेफ्री) समितिलाई साधारण सभाको जानकारी दिन पत्राचार गरेको छ ।

नयाँ नेतृत्वका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानल बनाएर चुनावी मैदानमा छन् । १७ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा एक महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छिन् । अब १ अध्यक्ष , ४ उपाध्यक्ष र ११ सदस्यीय निर्वाचित हुनेछन् ।

२ सय भन्दा बढीको सहभागिता रहने साधारण सभामा निर्वाचनका मत अधिकार भने ७७ जनासँग रहेको छ । प्रत्येक जिल्लाबाट समान १, १४ ए डिभिजन क्लबबाट समान १, बी डिभिजनबा ९, सी डिभिजनबाट ५ तथा ४ समितिबाट समान १ गरि कुल ११ ले मताधिकारको प्रयोग गर्न पाउनेछन् ।

साधारण सभाको जानकारी दिन एन्फाले जिल्ला संघलाई पठाएको पत्र यस्तो छ ।

यस्तो छ एन्फा साधारण सभाको उद्घाटन सत्र तालिका

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

February 11, 2025

लखन कप फुटबल – सम्पूर्ण क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल सम्पूर्ण युवा क्लब सुपौली बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। फसार्टिकर युवा क्लबलाई मंगलवार १-० ले पराजित गर्दै सम्पूर्ण अन्तिम आठमा पुगेको हो । सिद्घेश्वर खेल मैदानमा भएको खेलको दोस्रो हाफको १० औं मिनेटमा रोहन केसीले गरेको गोल नै सम्पूर्णका लागि निर्णायक बन्न पुग्यो । फर्साटिकरका धेरै […]

February 11, 2025

जनसेवा र सैनिक महाविद्यालयको जित

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल र सल्लाघारी सैनिक आवासीय महाविद्यालय दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। जनसेवाले डिएभी स्कुल जावलाखेललाई ३-१ ले पराजित गरेको हो । जनसेवाका मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १ गोल गरे । डिएभीका हिमालयजंग बस्नेतले १ गोल गरे । […]

Success

Thank you for your time.