7 years ago
April 27, 2018
इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो माइभ्याली टुबोर्ग गोल्ड कपको फाइनलमा पुगेको छ । गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबलाई शुक्रबार १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।
अन्जन विष्टको गोलमा मनाङले फाइनल यात्रा तय गरेको थियो । अन्जनले ५८ औं मिनेटमा गरेको गोललाई मनाङले जोगाएको थियो । अन्जननै खेलको म्यान अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे ।
मनाङले बैशाख १७ गते हुने फाइनलमा गत वर्षको दोस्रो सर्वाधिक सफल टोली रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार र एपिएफबीच शनिबार दास्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ ।
थ्री स्टारले नेपाल पुलिस क्लब र एपिएफले झापा ११ को चुनौति सामना गर्दै एकअर्कासँग भेट पक्का गरेका थिए । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेतालले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
गत वर्ष आर्मीले मोसफलका ७ र थ्री स्टारले ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेका थिए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]