9 years ago
January 25, 2016
काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगबन्धु गोल्डकपको उपाधी जितेकोमा नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषदलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
उपराष्ट्रपति पासाङले सोमबार राष्ट्रिय टिमका कप्तान विराज महर्जन, प्रमुख प्रशिक्ष्ँक बालगोपाल महर्जन र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टलाई छुट्टा–छुट्टै शुभकामना पत्र पठाएर बधाई तथा शुभकामना दिनु भएको हो ।
‘बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रियस्तरको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा बहराईनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाली फुटबल टोलीले उपाधी हासिल गर्न सफल भएकोमा अत्यन्त हर्षित र गौरवान्वित भएको छु’, उहा“ले शुभकामना पत्रमा लेख्नुभएको छ, ‘खुशीयालीको यस सुखद अवसरमा राष्ट्रको गरिमा बढाई नेपाल र नेपालीको शीर उचो बनाउन सफल हुनु भएकोमा सम्पूर्ण खेलाडी टोली, प्रशिक्षक तथा सम्बद्ध खेल पदाधिकारीहरुलाई हार्दिक धन्यवाद दिंदै हृदयदेखि नै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
उहा“ले फुटबलमा नेपालल २३ वर्षपछि प्राप्त गरेको सफलतालाई अभूतपूर्व सफलता भन्दै प्रशंसनीय काम भएको उल्लेख गर्नुभएको छ । उहा“ले बंगबन्धुकपमा पाएको सफलताबाट भविष्यमा हुने अन्य खेलकुद प्रतिस्पर्धामा समेत नेपाली खेलाडीहरुको मनोबल सुदृढ गर्न सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
उपराष्ट्रपतिले विनाशकारी भूकम्पले दिएको पीडा र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिमा असहजताका कारण द्ुःख भोगिरहेका नेपाली जनतालाई फुटबलमा प्राप्त सफलताले राहत महसुस गराएको उल्लेख गर्नुभएको छ । ‘केहि महिना अघि गएको विनाशकारी भूकम्पको पीडा र हाल अत्यावश्यकीय वस्तुहरुको आपूर्तिमा असहजताका कारणले आम नेपाली जनताको दैनिक जीवन आहात बनेको परिवेशमा यस मीठो सफलताले पक्कै पनि केही राहत दिएको ठानेको छु’, शुभकामना पत्रमा भनिएको छ । उहा“ले निकट भविष्यमा हुन गईरहेको १२ औ“ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा समेत नेपालले पूर्ण सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]