default_image

6 years ago

April 27, 2018

ग्रिज्मनको गोलसँगै आर्सनल बराबरीमा रोकियो

30 views

0 Bookmark

लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनल अन्तर्गत बिहीबार एटलेटिको म्याड्रिडले आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । घरेलु मैदानमा इमिरेट्स स्टेडियममा आर्सनलले अग्रता लिएपनि अन्तिम समयमा त्यसलाई बचाउन सकेन ।

प्रशिक्षक आर्सेन वेंगरको अन्तम युरोपियन खेलमा आर्सनल खेलको सुरुआतमै बलियो स्थितिमा थियो । दशौं मिनेटमा एटलेटिकोका डिफेन्डर सिमे भर्साल्को दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएपछि आर्सनललाई फाइदा पुग्यो । त्यसको केहि मिनेटमा रेफ्रीले एटलेटिकोका प्रशिक्षक डिएगो सिमिओनीलाई पनि दर्शकदिर्घामा पठाए । एक खेलाडी बढी हुनाको बावजुद आर्सनलले पहिलो हाफमा अग्रता लिन सकेन ।

दोस्रो हाफको ६१ औं मिनेटमा आर्सनलले एल्केजेन्डर लाकजेटको गोलमा अग्रता लियो । उनले ज्याक विलिसियरको क्रसलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रतामा राखे ।  खेल सकिन ८ मिनेट बाँकी रहँदा एटलेटिकोले बराबरी गोल फर्कायो । फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिज्मनले गोल गर्दै पाहुना टोलीलाई दोस्रो लेग अगाडी बलियो स्थितमा पुर्याए ।

मे महिनामा फ्रान्सको लियोनमा हुने फाइनलमा पुग्न आर्सनलले एटलेटिकोको घरेलु मैदानमा गोल गर्नेपर्ने अवस्था छ । रक्षात्मक रुपमा कमजोर देखिएको आर्सनलले एटलेटिकोमा जित्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । अर्को सेमिफाइनलको पहिलो लेगमा फ्रान्सेली टोली मार्सेले घरेली मैदानमा अस्ट्रियाको साल्ज्बर्गलाई २-० ले हरायो ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.