default_image

6 years ago

April 26, 2018

घरेलु मैदानमा रियल कमजोर

39 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को अग्रता लियो। सामान्यतया अवे खेलमा २-१ को अग्रतालाई निकै राम्रो नतिजा मानिन्छ। 

home real madrid

तर रियल म्याड्रिडको घरेलु मैदानको नतिजा हेर्नेहो भने बायर्नविरुद्ध रियलले ‘ट्रेन्ड’ तोड्न जरुरी छ। च्याम्पियन्स लिगकै सेमिफाइनलमा युभेन्टसको घरेलु मैदानमा ३-० को सहज अग्रता लिएपनि स्यान्टियागो बर्नेबाउमा भने ३-१ ले पराजित भएको थियो। युभेन्टसले रियलको घरेलु मैदानमा उत्कृष्ट पुनरागम गरेपनि रोनाल्डोले इन्जुरी समयमा पेनाल्टी समयमा गोल गर्दै खेललाई अतिरिक्त समयमा जान रोके।

यस सिजन रियलले घरेलु मैदानमा २६ खेल खेल्दा १४ मा मात्र जित हासिल गरेको छ। आफ्नै मैदानमा ५ खेलमा पराजित भएको रियलले ७ खेल बराबरी खेलेको छ। त्यो भन्दा राम्रो नतिजा रियलले अवे मैदानमा गरेको छ। तसर्थ यो सिजन रियललाई बर्नेबाउमा फापेको छैन। रियललाई आफ्नै घरमा यो सिजन बार्सिलोना, युभेन्टस, बेटिस, भिल्लारियल र लेगानेसले हराएका छन्।

बायर्नविरुद्ध पनि दोस्रो लेग घरेलु मैदानमै हुनेहुँदा रियलले यो ‘ट्रेन्ड’ लाई तोड्न जरुरी छ। अघिल्लोपटक बायर्न रियलको घरेलु मैदानमा आउँदा २-१ को अग्रतालाई पल्टाउँदै खेल बराबरीमा पुर्याएको थियो। यद्दपी रियलले उक्त खेल अतिरिक्त समयमा जितेको थियो।

बायर्नलाई मे १ मा बर्नेबाउ निम्त्याउँनु अघि रियलले घरेलु मैदानमा ला लिगा अन्तर्गत १५ औं स्थानमा रहेको लेगानेसको सामना गर्नेछ। च्याम्पियन्स लिगको खेलअघिको यो परिक्षामा उतिर्ण हुँदै रियलले मनोबल उच्च राख्ने लक्ष्य लिएको हुनेछ। च्याम्पियन्स लिगको खेल लगतै क्याम्प नाउमा रियल र बार्सिलोना भिड्नेछ।

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

Success

Thank you for your time.