default_image

7 years ago

April 26, 2018

रुस्लान थ्री स्टार माइभ्याली गोल्डकपको सेमिफाइनलमा

73 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब नेपाल पुलिसलाई टाइब्रकेरमा ४–३ ले हराउँदै थ्री स्टार अन्तिम आगमा पुगेको हो ।  निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको खेलमा थप १५ मिनेटमा पनि कुनै गोल हुन सकेन ।

पेनाल्टी थ्री स्टार भाग्यशाली सावित भयो । थ्री स्टार विमल घर्तीमगर, रजिन धिमाल, रुपेश केसी र नीराजन खड्काले गोल गरे । थ्री स्टारका सुनिल बलले गोल गर्न सकेनन् । पुलिसका लागि तेज तामाङ, रजिन सुब्बा र दिनेश राजवंशीले गोल गरे । पुलिस सुमन लामा र हेम तामाङले गोल गर्न सकेनन् ।

त्यसअघि पुलिसले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन सकेन । २६ औं मिनेटमा रजिन सुब्बाको गोलबाट पुलिस अघि लागेको थियो । तर, खेल सकिन १६ मिनेट बाँकी रहँदा रजिन धिमालले बराबरी गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काएका थिए । थ्री स्टारका गोलकिपर एलेन न्यौपाने खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.