default_image

6 years ago

April 26, 2018

बायर्नविरुद्ध गोल नगरेपनि रोनाल्डोको कीर्तिमान

62 views

0 Bookmark

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा रियल म्याड्रिड २-१ ले विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल गरेनन्। गोल नगरेपनि रोनाल्डोले यस प्रतियोगितामा नँया कीर्तिमान बनाए। 

ronaldo madrid black

घरेलु टोली बायर्नलाई जोसुवा किमिचले पहिलो गोल दिलाए पनि रियललाई मार्सेलो र मार्को असेन्सियोले गोल गर्दै पहिलो लेगमा २-१ को अग्रता दिलाए। रियलका स्टार स्ट्राइकरले उक्त खेलमा कीर्तिमान रचेका छन्। उनी च्याम्पियन्स लिगमा सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन्।

यो जितसँगै रोनाल्डोको ९६ खेलमा जित हात पारेका छन्। उनले रियलका पूर्व गोलकिपर इकर कासिलासलाई पछि पारेका हुन्। कासिलासको नाममा ९५ जित छ। त्यस्तै बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले युरोपको यस महत्वपूर्ण प्रतियोगिता अन्तर्गत ९१ खेलमा जित हात पारेका छन्।

रोनाल्डो बाहेक रियल पनि यस खेलमा कोशेढुङ्ग पुगेको छ। रियलको यो च्याम्पियन्स लिगमा १ सय ५० औं जित हो। यस प्रतियोगितामा १ सय ५० खेल जित्ने रियल पहिलो टोली बनेको छ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.