default_image

7 years ago

April 25, 2018

बैशाख २२ मा एन्फा निर्वाचनको लागि बाटो खुला

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचनका स्थगितको अन्तरिम आदेशलाई उच्च अदालत पाटनले खारेज गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन गराउन बाटो खुलेको छ । निर्वाचन समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बैशाख २२ गते निर्वाचन गर्न सकिने निर्णय गरेको थियो ।


पाटनले भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले एन्फाविरुद्धको हालेको मुद्दालाई उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । अदालतले बुधबार त्यो अन्तरिम आदेश खारेज गरेपछि निर्वाचनका लागि बाटो सहज भएको हो । यसअघि उच्च अदालतकै अन्तरिम आदेशमा चैत १४ गतेका लागि तय भएर एन्फा निर्वाचन स्थगित भएको छ ।

एन्फाका प्रवक्ता सञ्जिव मिश्रले अन्तरिम आदेश खारेज भएको र निर्वाचनको लागि बाटो खुला भएको बताए । उनले मुद्धा नै खारेज भएको हो कि हैन भनेर एन्फामा पत्र आइनसकेको बताए । एन्फाकाएन्फा अध्यक्षका उमेदवार रहेका कर्मा छिरिङ शेर्पाले अन्तरिम आदेश खारेज भएसँगै तोकिएको मिति २२ बैशाखमा निर्वाचन पक्का हुने बताए । संस्थापन पक्षका मणी कुँवर र शेर्पा अलग अलग प्यानल बनाएर चुनावी मैदानमा छन् ।

एन्फाको निर्वाचन समितिले आइतबार एक विज्ञप्ती जारी गर्दै रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावना समेत समावेश भइसकेकोले निर्वाचन बैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको थियो ।

निर्वाचन समितिका संयोजक, सह संयोजक र सदस्यले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तीमा उच्च अदालतको आदेश बमोजिम चैत १४ गतेका लागि तय भएको निर्वाचन स्थागित गरेको स्मरण गर्दै भक्तपुर र मकवानपुर जिल्ला संघले आ आफ्नो मताधिकार प्रतिनिधि र प्रतिनिधिहरुको नामावली समेत एन्फामार्फत निर्वाचन समितिले प्राप्त गरिसकेको उल्लेख गरेको थियो ।

आफ्नो प्रतिनिधित्वको माग गर्दै भक्तपुरका अध्यक्ष गौतम सुजखु र मकाउनपुरका तत्कालिन उपाध्यक्ष मनीष श्रेष्ठले दायर गरेको रिटका आधारमा उच्च अदालतले एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि मकवापुरको चैत २३ र भक्तपुरको चैत २७ गते निर्वाचन सम्पन्न भएको थियो । नयाँ परिस्थिति पछि एन्फाले अन्तमरिम आदेश खारेज गर्न उच्च अदालतमा निवेदन दिइसकेको छ ।

hk copy

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.