9 years ago
January 23, 2016
काठमाडौं, माघ ९ गते ।
अब फुटबलमा फेरी कालो दिन नआउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताएका छन् ।
बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव बिष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए ।
उनले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा जुन जुझारुपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका मात्र नभई तीन करोड नेपालीको जित भएको बताए । सदस्य सचिव बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस बिजयले परिपूर्ति गरेको भन्दै नजिकै आएैका १२ औं दक्षिण एशियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।
यस्तै सदस्य सचिव बिष्टले टोलीका प्रत्येक सदस्यलाई २ लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्ने समेत बताए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]