7 years ago
April 25, 2018
बेंगलोर (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भारतीय टेलिभिजनसँगको एक अन्तर्वार्तामा आफूलाई क्रिकेटको रोनाल्डो र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । गत साता लिइएको अन्तर्वार्तामा बोल्दै कप्तान कोहलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले रोनाल्डो भनेसँगै कोहलीले रोनाल्डोको कडा परिश्रम र आफूले करियरको यस क्षणसम्म आइपुग्दा गरेको परिश्रम हेर्दा दाँज्न मिल्ने रहेको बताए । यद्यपी उनले रोनाल्डोको शारीरिक बनोटसँग भने उनी निकै टाढा रहेको अभिव्यक्ति दिए । ‘मैले सुने अनुसार रोनाल्डोले आफ्नो करियरमा निकै कडा मिहिनेत गरेका छन् । उनले आफ्नो प्रदर्शन सुधार गर्न गरेको मिहिनेतले यहाँसम्म आइपुगेको मैले हेरेको छु । मैले पनि सुरुआतमा त्यसै गरेर आफ्नो खेल सुधार गरेको हुँ,’ कोहलीले भने ।
उनले मेसीको पनि प्रशंसा गर्दै मेसी प्राकृतिक रुपमा नै फुटबलका लागि बनेका र अन्य खेलाडीभन्दा फरक रहेका बताए । उनले डी भिलियर्सलाई क्रिकेटको मेसीको रुपमा पनि तुलना गरे । ‘ हामीले खेलाडीमा प्राकृतिक रुपमा खेल्न सक्ने क्षमता बिरलै पाउँछौं । फुटबलमा मेस्सी र क्रिकेटमा एबी डी भिलियर्स यसका उदाहरण हुन् । हामीले दुवै खेलाडीले मैदानमा के गर्छन् भन्ने आफ्नै आँखाले देखेका छौं,’ कोहलीले थपे ।
डी भिलियर्सले भने यो सत्य नभएको बताउँदै आफुले कडा मिहिनेत गरेपनि आफ्नो खेल उकास्न नसकेको बताए । उनले कोहलीले लगातार आफ्नो स्टार उकास्दा आफू भने एकै स्थानमा अड्किएको अभिव्यक्ति दिए । डी भिलियर्सले कोहली रोनाल्डोभन्दा राम्रो रहेको बताएका थिए ।
भिडियो हेर्नुहोस:
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]