default_image

6 years ago

April 25, 2018

च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै

55 views

0 Bookmark

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले घरेलु मैदान एलिनाज एरिनामा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल आज नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ ।

real vs bayern

दुवै टोली युरोपियन फुटबलको बलियो शक्तिको रुपमा चिनिन्छन्। यसअघि बायर्न र रियल च्याम्पियन्स लिगमा २२ पटक भेटेका छन्। जसमध्ये बायर्नले ११ जित निकालेको छ भने रियलको नाममा ९ जित छ, त्यस्तै ९ खेलमा बराबरी खेलेका छन्। यी दुई टोली ६ पटक सेमिफाइनलमा भिडेका छन्, जसमा बायर्नले ४ पटक रियललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ भने रियल २ पटक बायर्नलाई पराजित गर्न सफल भएको छ।

यी दुई टोलीबीच च्याम्पियन्स लिगमा पछिल्लो भेट २०१३/१४ को सेमिफाइनलमा भएको थियो। रियलले घरेलु मैदानमा १-० ले अग्रता लिँदै बायर्नको घरमा ४-० ले विजयी भएको थियो। यस भेटमा जर्मन क्लब त्यसै पराजयको बदला लिने दाउमा हुनेछ।

रियलले युभेन्टसलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो भने बायर्न म्युनिखले क्वाटरफाइनलमा सेभिल्लालाई पराजित गरेको हो।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.