6 years ago
April 25, 2018
लिभरपुल (एजेन्सी) – लिभरपुलले घरेलु मैदानमा एएस रोमालाई ५-२ ले पराजित गर्दा मोहम्मद सालाहले दुई गोल गरे। च्याम्पियन्स लिगमा सालहले यस सिजन १० गोल पुरा गरेका छन्।
खेलको ३६ औं मिनेटमा विश्वस्तरीय गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका सालाहले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर गरेका थिए। च्याम्पियन्स लिगमा व्यक्तिगत २ गोल गर्दै सालाहले दुई कीर्तिमानमा नाम लेखाएका छन्।
च्याम्पियन्स लिगको एकै सिजनमा १० गोल गर्ने सालाह लिभरपुलका पहिलो खेलाडी बनेका छन्। त्यस्तै यस प्रतियोगिताको एकै सिजनमा धेरै गोल गर्ने अफ्रिकन खेलाडी पनि बनेका छन्।
सालाहले यो सिजन सबै प्रतियोगितामा ४३ गोल गर्दै लिभरपुलमा अर्को कीर्तिमान बनाउने बाटोमा छन् । लिभरपुलका इयान रसले मात्र उनी भन्दा धेरै गोल गरेका छन्। रसको नाममा १९८३-८४ सिजनमा ४७ गोल छ।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]