default_image

7 years ago

April 25, 2018

च्याम्पियन्स लिग – लिभरपुलको जितमा सालाहको जादू

70 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनमा प्रेरित लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्ध ५-२ को अग्रता बनाएको छ। लिभरपुलको जितमा इजिप्टसियन विङ्गर सालाह र फरवार्ड रोबर्टो फर्मिनोले २ गोल र २ असिस्ट गरे। 

Salah Liverpool

खेलको सुरुआती २० मिनेटमा भ्रमणकारी रोमाले नियन्त्रण राखे पनि लिभरपुल त्यसपछि उत्कृष्ट रह्यो। खेलको २८ औं मिनेटमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाउने राम्रो अवसर गुमाएपनि सालहले ३६ औं मिनेटमा विश्वस्तरिय गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ३८ औं मिनेटमा डेजान लोभ्रेनले कर्नरमा गरेको हेडर मार्फतको प्रहार क्रसबारमा लाग्दै गोल हुन सकेन। पहिलो हाफको इन्जुरी समयमा सालाहले अर्को उत्कृष्ट गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। उनले रोमाका किपर एलिसन बेकरमाथिबाट चिप गर्दै गोल गरे।

पहिलो हाफमा २-० को अग्रता लिएको लिभरपुल दोस्रो हाफमा पनि खेलमा हावी रह्यो। दुई गोल गरेका सालाहको भूमिका लिभरपुलको अन्य दुई गोलमा पनि महत्वपूर्ण रह्यो। सालाहकै पासमा मानेले ५६ औं मिनेटमा तथा फर्मिनोले ६१ औं मिनेटमा गोल गरे।मिल्नरले ६९ औं मिनेटमा प्रहार गरेको कर्नरमा फर्मिनोले हेडर मार्फत गोल गर्दै लिभरपुललाई पहिलो लेगमा बलियो अग्रता दिलाए। यो सिजन उत्कृष्ट रहेको सालाहको यो ४३ औं गोल हो।

म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर इडेन जेकोले रोमालाई ८१ औं मिनेटमा गोल दिलाए। त्यस्तै जेम्स मिल्नरले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई ८५ औं मिनेटमा गोलमा परिणत गर्दै डिएगो पेरोटीले रोमालाई दोस्रो महत्वपूर्ण अवे गोल दिलाए।

दोस्रो लेगमा रोमाले लिभरपुललाई मे ३ मा निम्त्याउने छ। यसअघि क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध ४-१ ले पछि परेको अवस्थालाई घरेलु मैदानमा उल्टाउँदै रोमाले अन्तिम ४मा स्थान बनाएको थियो।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.