7 years ago
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड वल्र्डकप– २०१८ मा सहभागिता जनाउन लागेको नेपाली टोलीको मंगलबार जर्सी सार्वजनिक गरिएको छ ।
वेस्टार प्रर्टिजका मालिक अक्षय गोलियान, कोकाकोला कम्पनीको तर्फबाट स्नेह राजभण्डारी, एनएमबी बैंकका रोमन झा, सनराइज बैंककी सदीक्षा आचार्य तथा कप्तान रोशन भूजेलले नेपाली टोलीको जर्सी सार्वजनिक गरे ।
मुख्य प्रायोजक ललितपुरको बालकुमारीस्थित वेस्टार प्रर्टिज रहेको छ । कार्यक्रममा बोल्दै मुख्य प्रायोजक बेस्टार प्रोपटिजका संचालक गोलियानले नेपाली टोलीलाई प्रायोजन गर्न पाउँदा गर्व महसुस भएको बताए ।
सडकमा जिवन विताउन बाध्य भएका बालबालिकालाई आवाश, शिक्षा, खानपिन लगायतको कार्य गर्दै आएको सेल्टर आश्रय नेपालको सक्रियतामा नेपालले पहिलोपटक सडक बालबालिकाको विश्व कपमा भाग लिन लागेको छ ।
सेल्टर आश्रय नेपालले सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर खेलाडी छनोट गरेको थियो । रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् ।
उनीहरुलाई राजन न्यौपानेले प्रशिक्षण दिइरहेका छन् भने गोलकिपरको प्रशिक्षण नवीन महर्जनले सम्हालेका छन् । नेपाली टिम आइतबार देखि बन्द शिविर प्रशिक्षणमा बसेका छन् । दुई साता एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरेपछि नेपाली टोली मस्को प्रस्थान गर्नेछ । स्ट्रिट चाइल्ड वल्र्डकप बैशाख २६ देखि जेठ ४ गतेसम्म हुदैछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]