7 years ago
April 24, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ। खेल आज राती नेपाली समय अनुसार राती १२:३० मा सुरु हुँदैछ।
लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेको थियो भने रोमाले स्पाललाई सिरी ‘ए’मा ३-० ले पराजित गरेको थियो।
बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल रोमाले एनफिल्डमा लिभरपुललाई निराश पार्ने लक्ष्य लिएको छ। रोमाका प्रशिक्षक युसेडियो डी फ्रान्सेसकोले खेलअघि प्रि म्याच कन्फरेन्स लिभरपुललाई जित्न हरसंभव प्रयास गर्ने बताए, “लिभरपुल बार्सिलोना भन्दा भिन्न छ, हामीले लिभरपुलको कमजोरीको फाइदा उठाउँदै जित्ने प्रयास गर्नेछौं। “
लिभरपुलका प्रशिक्षक यर्गन क्लबले भने च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु दुवै टोलीका लागि महत्वपूर्ण क्षण भएकाले यस खेलको मजा लिने जनाए, “च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु दुवै लिभरपुल र रोमाका लागि महत्वपूर्ण क्षण हो, त्यसैल दुवै टोलीले खेलको आनन्द लिनेछ। हामीले जित्ने प्रयास गर्नेछौं।”
लिभरपुल र रोमाबीच च्याम्पियन्स लिगको ५ भेटमा लिभरपुलको नाममा २ जित छ भने २ खेल बराबरी र १ मा रोमाको जित छ। पछिल्लो ५ खेलमा लिभरपुल ३ जित र २ बराबरीसँगै अपराजित छ, त्यसतै रोमाले पछिलो ५ खेलमा ३ जित, १ बराबरी र १ हारको नतिजा निकालेको छ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]