default_image

6 years ago

April 24, 2018

बार्सिलोनालाई ‘युईएफए यूथ लिग’ को उपाधि

53 views

0 Bookmark

नियन (एजेन्सी) – बार्सिलोनाले चेल्सीलाई फाइनलमा ३-० ले पराजित गर्दै युईएफए यूथ लिगको उपाधि हात पारेको छ। बार्सिलोनाको जितमा अलेह्यान्द्रो मार्क्युसले दुई गोल गरे। 

Chelsea FC v FC Barcelona - UEFA Youth League Final

स्विट्जरल्याण्डको नियन स्थित कोलोभ्रे स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा मार्क्युसले बार्सिलोनालाई ३३ औं मिनेटमा अग्रता दिलाए। उनले ५५ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर गरे।

चेल्सीले खेलमा फर्किने प्रयास गरेपनि कलम हडसन र चार्ली ब्राउनको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। अबेल रुइजले खेलको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई तेस्रो गोल दिलाए।

२०१३-१४ बाट सुरु भएको युईएफए यूथ लिगमा च्याम्पियन्स लिगमा सहभागी ३२ टोली तथा युईएफएले तोकेका अन्य देशका ३२ लिग विजेताका यू-१९ टिम भिड्छन। पहिलो संस्करण जितेको बार्सिलोनाको यो दोस्रो उपाधि हो।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.