default_image

6 years ago

April 23, 2018

सन्यास लिएका इब्राहिमोभिचको विश्व कपमा खेल्ने सम्भावना

43 views

0 Bookmark

स्टकहोम (एजेन्सी) – स्विडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले यूरो २०१६ यता अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि उनले रुप विश्वकपमा राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको छ। 

zlatan sweden

इब्राहिमोभिचले विभिन्न अन्तर्वार्तामा अप्रत्यक्ष रूपमा विश्व कपमा खेल्ने चाहना दर्शाएपछि स्विडेनका प्रशिक्षक जाने एन्डरसनले ३६ वर्षीय स्ट्राइकरलाई राष्ट्रिय टोलीमा स्थान दिने ढोका खोलेका छन्।  राष्ट्रिय टोलीमा इब्राहिमोभिचलाई फर्काउन आफुले प्रयास नगर्ने तर इब्राहिमोभिचले उनलाई सम्पर्क गर्नु पर्ने बताएका छन्।

जर्मनको स्पोर्ट्स म्यागजिन किकरसँग एन्डरसनले भने, ‘ म इब्राहिमोभिचलाई राष्ट्रिय टोलीमा फर्कन आग्रह गर्दिन। तर उनले विचार परिवर्तन गर्दै खेल्ने इच्छा गरेमा मलाई सम्पर्क गर्नुपर्नेछ’ , उनले थपे, ‘सन्यास लिने उनको व्यक्तिगत चाहाना थियो। त्यसैले सन्यास लिएको कुनै एक खेलाडीलाई टोलीमा फर्कन फकाउनु भन्दा म अन्य उपलब्ध खेलाडीहरुबाट टोली बनाउँछु।’

जर्मनी, दक्षिण कोरिया र मेक्सिकोसँगै स्विडेन विश्व कपको समूह ‘एफ’ मा छ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.