default_image

7 years ago

April 23, 2018

मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा

67 views

0 Bookmark

इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल गरेका थिए । माईभ्यालीका तीर्थ बस्नेत खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

उनले १० हजार रुपैयाँ र चाँदीको पदक प्राप्त गरे । मनाङले अब सेमिफाइनलमा भारतको सिक्किम युनाइटेड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । माइभ्यालीको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।

माइभ्याली गोल्डकपमा मंगलबारको खेल
रमपम झापा ११ विरुद्ध एपिएफ

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.