default_image

7 years ago

April 23, 2018

सालाह ‘पिएफए वर्षको उत्कृष्ट खेलाडी’

100 views

0 Bookmark

लण्डन (एजेन्सी) – लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्। 

salah pfa

इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।

म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै चेल्सीकी फ्रान किर्बी वर्षको उत्कृष्ट महिला खेलाडी तथा ब्रिस्टोल सिटीकी लौरेल हेम्प उत्कृष्ट महिला यूवा खेलाडी छानिए।

उक्त उपाधि पाएपछि सालाहले भने, “खेलाडीहरुको मतबाट छानिने भएकाले यस उपाधि पाउँदा म धेरै खुशी छु “, उनले थपे, “मैले चेल्सीमा अवसर पाइन तर मैले फर्किएर आफ्नो कौशलता देखाउनेमा म विश्वस्त थिए।”

सालाहले प्रिमियर लिगमा ३३ खेल खेल्दै ३१ गोल गरेका छन् भने लिभरपुलका लागि सबै प्रतियोगितामा गरेर ४६ खेलमा ४१ गोल गरिसकेका छन्।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.