6 years ago
April 23, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गए राती स्वान्सी सिटीलाई ५ – ० ले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा, रहिम स्ट्रलिङ,केभिन डी बु्रने, बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे ।
सिल्भाको गोलबाट १२ औं मिनेटमा अग्रता लिएको सिटीका लागि स्ट्रलिङले १६ औं मिनेटमा गोल गरे । ५४ औं मिनेटमा बु्रनेको गोलबाट अग्रता ३ – ० बनाएको सिटीका लागि बर्नान्डोले ६४ औं र जिससले ८८ औं मिनेटमा गोल गरे ।
जितपछि ३४ खेलमा सिटीको ९० अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा सिटीको १६ अंक बढी छ । सिटीले उपाधि मे ६ मा उचाल्ने छ । आइतबारको अन्य खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हरायो भने स्टोक र बर्नलीले १–१ को बराबरी खेले ।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]