7 years ago
April 22, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस कोपा डेल रेको फाइनलमा सेभियालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथो पटक प्रतियोगिताको उपाधि हात पारेको छ । समग्रमा ३० औं पटक उपाधि हात पर्ने क्रममा बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्यो ।
कस्तो रहयो बार्सिलोनाको यात्रा?
राउण्ड अफ ३२ चरणमा बार्सिलोनाले मुर्सियालाई ८-० ले पराजित गर्दै अगाडी बढेको थियो । अवे लेगमा ३-० को जित हात पारेको बार्सिलोनाले दोस्रो लेग सहजै ५-० ले जित्यो । प्रि-क्वाटरफाइनलको पहिलो लेगमा भने सेलता भिगोले १-१ को बराबरीमा रोक्यो । तर, घरेलु मैदानको उच्च फर्मलाई जारी राख्दै बार्सिलोना ५-० ले विजयी रहयो र समग्रमा ६-१ को जित दर्ता गर्यो ।
क्वाटरफाइनलमा बार्सिलोना एस्पान्योलको घरेलु मैदानमा १-० ले पराजित भयो । दोस्रो लेगमा जितको विकल्प नरहेको बार्सिलोनाले घरेलु मैदानमा २-० को जित सहित समग्रमा २-१ ले अगाडी रहयो । सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियाविरुद्ध घरेलु लेगमा १-० ले विजयी बार्सिलोना अवे लेगमा २-० को जित दर्ता गर्दै समग्रमा ३-० को अग्रतासँगै फाइनल पुगेको थियो ।
फाइनलमा बार्सिलोनाका लागि लुइस सुआरेजले २ तथा लिओनेल मेस्सी, आन्द्रेस इनिएस्टा र फिलिपे कोउटिन्होले १-१ गोल गरे । पहिलो हाफमै ३-० को अग्रता बनाएको बार्सिलोनाले सहजै उपाधि आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच इनिएस्टा भए ।
कसले कति गोल हाने?
प्रतियोगिता दौरान मुर्सियाका भिक्टर कर्टो ६ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा रहे । दोस्रो स्थानमा ५-५ गोल गरेका सेभियाका जोआकिन कोर्रिया र बार्सिलोनाको लुइस सुआरेज अटाए । ४-४ गोल गरेका बार्सिलोनाको लिओनेल मेस्सी र अलाभेसका मुनिर अल हद्दादी त्यसपछि सुचिमा अटाए ।
कस्तो छ इतिहास?
यस उपाधिसँगै बार्सिलोनाले ३० पटक कोपा डेल रेको उपाधि आफ्नो पोल्टामा पारेको छ । १० पटक उपविजेतामा सिमित बार्सिलोना सर्वाधिक कोपा डेल रे उपाधि जित्ने सुचिमा शीर्षस्थानमा छ । दोस्रो स्थानमा २३ पटक उपाधि जितेको एथ्लेटिक बिल्बाओ छ भने तेस्रोमा १९ पटक जितेको रियल म्याड्रिड छ । रियल प्रतियोगितामा २० पटक उपविजेता भएको छ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]