default_image

6 years ago

April 22, 2018

टोटेनह्यामलाई हराउँदै युनाईटेड एफए कपको फाइनलमा

36 views

0 Bookmark

लण्डन (एजेन्सी) – टोटेनह्याम हटस्परलाई २-१ ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती लण्डनको वेम्ब्ली मैदानमा भएको खेलमा डेले अलीले स्पर्सलाई सुरुआती अग्रता दिलाएपनि एलेक्सिस स्यान्चेज र एन्डर हरेराको गोलमा युनाइटेड विजयी भयो। 

Manchester United herera

क्रिस्टियन एरिक्सनको राम्रो पासमा गोल गर्दै ११ औं मिनेटमा अलीले टोटेनह्यामलाई अग्रता दिलाए। तर टोटेनह्यामको बक्स नजिकबाट पौल पोग्बाले पोजेसन खोस्दै दिएको पासलाई स्यान्चेजले २४ औं मिनेटमा हेडर मार्फत युनाइटेडलाई बराबरी दिलाए।

दोस्रो हाफमा हरेराको ६२ औं मिनेटको गोललाई खेलको अन्त्यसम्म जोगाएपछि युनाइटेडले फाइनलको यात्रा पक्का गरेको हो। हरेराले बक्सबाट जोसे मौरिन्होको टोलीलाई विजयी गोल दिलाएका थिए।

युनाइटेड फाइनलमा चेल्सी र साउथह्याम्प्टन बीचको विजेतासँग भिड्नेछ। दोस्रो सेमिफाइनल आइतबार नेपाली समयअनुसार ७:४५ मा सुरु हुँदैछ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.