default_image

6 years ago

April 22, 2018

बार्सिलोनालाई कोपा डेल रेको उपाधि, फाइनलमा फराकिलो जित

55 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – सेभियालाई फाइनालमा ५-० ले हराउँदै बार्सिलोनाले कोपा डेल रे’को उपाधि हात पारेको छ। म्याड्रिड स्थित इस्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा लुइस स्वारेजले दुई गोल गरे भने लियोनल मेस्सी, एन्द्रे इनियस्टा र फिलिप कौटिन्होले पनि गोल गरे।

Messi Iniesta

बार्सिलोनाको यो ऐतिहासिक सफलता हो। बार्सिलोनाले लगातार चौथो पटक यस प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको छ ।

लुइस स्वारेजले बार्सिलोनालाई १४ औं मिनेटमा अग्रता दिलाए। मेस्सीले ३१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोबर गरे। स्वारेजले पुनः ४० औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाउँदै बार्सिलोनालाई सहज जित तर्फ डोहोर्‍याए।

दोस्रो हाफमा इनियेस्टाले ५२ औं मिनेटमा गोल गरे। त्यस्तै कौटिन्होले ६९ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई पाँचौ गोल दिलाए। लुइस स्वारेजको ब्याकहिल क्लेमेन्ट लेङ्लेटको हातमा लागेपनि कौटिन्होले पाएको त्यस बललाई गोलमा गरे, तररेफ्रीले पेनाल्टी दिँदै उक्त गोललाई नमानेपछि कौटिन्होले पेनाल्टीलाई गोलमा बदलिएका थिए।

हाइलाइट्स

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

Success

Thank you for your time.