6 years ago
April 21, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले कोपा डेल रेको फाइनलमा आज सेभिल्लाको सामना गर्दैछ । मिडफिल्डर आन्द्रे इनियस्टाको लागि बार्सिलोनाबाट त्यो फाइनल अन्तिम पनि हुन सक्ने अनुमान गरिएको छ ।
३३ वर्षे स्पेनिस मिडफिल्डरले सिजनको अन्त्य पछि बार्सिलोना छाड्ने सम्भावना छ । बार्सिलोनामा २२ वर्षको बिताएका उनी अर्को सिजन चिनिया क्लब क्लब जाने सम्भावना रहेको बताइएको छ ।
सन् १९९६ देखि बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका इनियस्टाले १८ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट पहिलो पटक खेलेका थिए ।
त्यसयता उनले बार्सिलोनाबाट ३० उपाधि जितिसकेका छन् । कोपा डेल रे नेपाली समय अनुसार आइतबार बिहान १ः१५ बजे हुनेछ । इनियस्टाले अहिले सम्मबा बार्सिलोनाबाट ६ सय ६८ खेलमा ५६ गोल गरेका छन् ।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]